महेश बस्नेतको प्रश्न- अल्फा बिटामाथि डोजर किन चलाएको ?



काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो ।

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका हुन् ।

अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्