
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली गुटविरुद्धको विद्रोह अझै जारी रहेको बताएका छन् ।
एकीकृत समाजवादी पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै नेता खनालले दक्षिणपन्थी अवसरवाद र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट निकै ठूलो रहेको टिप्पणी गरेका हुन् ।
‘आज हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिक्षा विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्यो’, उनले भने ।
त्यो विद्रोह गर्ने आँट निकै ठूलो रहेको भन्दै उनले यसबाहेक अझै पनि विद्रोह जारी रहेको बताए । ‘अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी छ,’ उनले भने ।





