
काठमाडौं । काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ । उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन् ।
वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले बताए । नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने नकर्मीको भनाई छ । स्थानीयबासीले नगर प्रमुखको उक्त कदमको प्रशंसा गरेका छन् ।
बालेनभन्दा कम नभएको बताउँदै उनीहरुले यसअघि कसैले गर्न नसकेको काम नगरप्रमुख नकर्मीले गरेको बताएका छन् । ‘अहिलेको नगर प्रमुख राजकुमार नकर्मीले आँट गरेर राम्रो काम गर्नुभयो । अन्य ठाउँमा पनि डोजर चलाउनुपर्छ । अनि मात्रै कीर्तिपुर नगर सुन्दर हुन्छ’, उनले भने ।
अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिनै बनेका संरचना हटाउन लाग्ने नकर्मीले बताएका छन् । ‘आजबाट सुरु भएको छ । हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ’, उनले भने ।





