भदाै १५ गते निलम्बित प्रधानन्यायाधीशलाई बयानका लागि बाेलाउने समितिकाे निर्णय



काठमाडाैँ । महाभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरालाई बयानका लागि डाँकेकाे छ ।

समितिले जबरालाई १५ भदौ बिहान ११ बजे बयानका लागि डाँक्ने निर्णय गरेकाे हाे । समितिकाे बुधवार बसेकाे बैठकले १८ वा १९ गतेभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने गरी कार्यतालिका समेत पारित गरेकाे छ ।

त्यस्तै, समितिले भदाै ९ देखि १२ गतेसम्म प्रमाण संकलन गर्ने तथा अध्ययन गर्ने निर्णय गरेकाे छ । समितिले आन्तरिक कार्यविधि पनि संशोधनसहित स्वीकृत गरिएको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्