तीनकुनेमा बाबुराम भट्टराईको पार्टी कार्यालय



काठमाडौं । नेपाल समाजवादी पार्टीले काठमाडौंको तीनकुने सुविधानगरमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ ।

अध्यक्ष बाबुराम भट्टराईले कार्यालय परिसरमा खिचेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भट्टराईंका स्वकीय सचिव रोशन पोखरेलका अनुसार पार्टी कार्यालय स्थापना भएको केही दिन भइसकेको छ ।

भट्टराईले पार्टी कार्यालय पनि माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै स्पथापना गरेका छन् । माओवादी र समाजवादी पार्टीको कार्यालयबीचको दूरी करिब ५०० मिटर छ ।

भट्टराईकी पत्नी तथा नेपाल समाजवादी पार्टीकी नेता हिसिला यमीको दिदी तिमिला यमी थापाको घरमा मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी कार्यालय राखिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्