उत्तरभेगीय शैक्षिक मञ्चले ‘तीज विशेष नृत्य’ आयाेजना गर्ने



काठमाडौं । उत्तरभेगीय शैक्षिक मञ्चले भदौ ११ गते तीज बिशेष नृत्य गर्ने भएको छ ।

पत्रकार सम्मेलन गरी उत्तरभेगीय शैक्षिक मञ्चले तीज नृत्य गर्ने जानकारी गराएको हो । तीजको समयमा दाजुभाइले चेलिबेटीलाई माइतमा डाकेर दुःख सुखका बात मार्ने चाड मनाउने, पतिको दीर्घायुको कामना गरेर ब्रत लिने परम्परा यो चाडमा रहेको छ ।

नेपाली चेलिबेटीहरुसँग सम्वन्धित यो चाड सदियौं वर्षदेखि नेपालको मौलिक चाडको रुपमा रहँदै आएको हरितालिका तीजको उपलक्ष्यमा हरेक बर्ष उत्तरभेगीय शैक्षिक मञ्चले तीज विशेष नृत्य गर्दैै आएको छ ।

यस पटक पनि नेफले आयोजना गर्न लागेको तीज विशेष प्रतियोगिताको लागि आयोजित पत्रकार सम्मेलन अनुसार हरेक स्कूलका कक्षा १० सम्मका विद्यार्थीहरुले कार्यक्रममा भाग लिन सक्ने जनाइएको छ । 

कार्यक्रममा भाग लिन आउँदा तीज विशेष भेषभुषा सहित आफूले गर्न लागेको नृत्यको लागि एमपिफो भिडियोमा गीत उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यसैबिच पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रिय उपाध्यक्ष थकिन कुमार गुरुङले नेपालको मौलिक कला संस्कृति बोकेको हरितालिका तीज विश्वमा नै आफ्नो छुट्टै पहिचान भएको कला संस्कृति अन्र्तगत पर्ने बताएका छन् । उनले, ‘आफूले विभिन्न मुलुकको संस्कारसंस्कृति रितीरिवाज परम्पराहरु नजिकबाट नियालेको तर नेपालको हरितालिका तीजमा धेरै विशेषता रहको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता नारायण रोक्का तथा कार्यक्रम संचालन संयोजक टंक चापागाँइले गरेका थिए । यसैगरी कार्यक्रमको बारेमा सुगन्धराज रेग्मीले प्रकाश पारेका थिए भने पत्रकारहरुले सोधेको प्रश्नको जवाफ मुकुन्द पाण्डे र डिएन महतोले गरेका थिए । पत्रकार सम्मेलन स्टार बैंक्वेट सामाखुसीमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्