राजधानीबाट २ जना भारतीय नागरिक पक्राउ



काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता हुन् ।

उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्