हर्क साम्पाङले ६० हजारको साइकल चढ्ने



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब साइकल चढ्ने भएका छन् । उनलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ ।

आज बिहानै मेयर साम्पाङले साइकलसगैं फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् । उनले अब छोटो दूरीको यात्रा गर्दा साइकल चढ्ने बताएका छन् ।

साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन् ।

पछिल्ला दिनमा साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहमाथि विभिन्न टिप्पणी गरेर चर्चामा छन् । सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन् । साच्चिकै उनले अव साईकल चढेभने उनी अझ उदाहरणीय मेयर बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्