नेपाली नर्स बेलायत पठाउन आज श्रम सम्झौता



काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता हुन लागेको हो ।

सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् ।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । सोहि कार्यक्रम अन्र्तगत १० हजार नेपाली नर्स बेलायत जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्