स्पोटर्स क्लाइम्बिङ्ग खेललाई प्रबद्र्धन गर्न सगरमाथा आरोही कल्पनाले गराइन् क्लाइम्बिङ्ग 



काठमाडौ । स्पोटर्स क्लाइम्बिङ्ग  खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा एकहप्ते क्लाइम्बिङ्ग  अभ्यास सुरु भएको छ । सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहन गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाङ्ग ल्हामु स्पोटर्स क्लाइम्बिङ्ग मा क्लाइम्बिङ्ग  अभ्यास गराउन थालेकी हुन् ।

संस्कृति र साहस सँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलाहरुलाई क्लाइम्बिङ्ग  गराइएको हो । महिलाहरुले त्यहाँं रहेको स्पोर्टस् क्लाइम्बिङ्ग मा क्लाइम्बिङ्ग  गरेका थिए । यस क्रममा कोही महिला टुप्पोसम्म पुग्न सफल भए भने कोही असफल ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु भएको हो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको पहिलो दिन प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलहरुले क्लाइम्बिङ्ग  गरेका थिए ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीका अध्यक्ष एवं खेलकुद अन्तर्गत पर्ने क्लाइम्बिङ्ग  खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको जनाइन् । कार्यक्रमको उदघाटन नेशनल क्लाइम्बिङ्ग  स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्