देश बनाउने पार्टी एमाले हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले खोला,खोल्सी र ताल तलाउमा समृद्धिको सम्भावना देख्ने बताएका छन् ।

झापाको अर्जुनधारा नगरपालिका स्थित सुखानीसहिद स्मृति पार्क स्थलमा निर्माण गरिएको वाटर फाउण्टेन पार्कको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

गए राती ९ बजे विशाल जनमानसको बीचमा उद्घाटन गरिएको पार्कमा अध्यक्ष ओलीले यहाँ रहेको सानो पोखरीलाई एमालेले तालको रुप दिएको बताए । ‘देश बनाउने पार्टी एमाले हो’ ओलीले भने ‘यहाँ एउटा सानो खोल्सी थियो । एमालेले तलाउ बनायो । एमाले नै यस्तो पार्टी हो जसले खोला, खोल्सी र तालतलैयामा समृद्धिको सम्भावना देख्छ ।’

अध्यक्ष ओलीले देश परिवर्तनका लागि संघर्षमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंसी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठलाई सरकारले ५० वर्ष अघि हत्या गरे पनि उनीहरुले बोकेको बिचारको बीउ फस्टाएर अहिलेको एमाले भएको ओलीको भनाइ छ ।

सुखानी भन्ने स्थानमा उहाँहरुलाई २०२९ सालमा हत्या गरिएको थियो । उहाँहरुको स्मृतिमा सालबाडीमा निर्माण गएिको सहिद स्मृति पार्कमा कलर वाटर फाउण्टेन पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्