राष्ट्रपतिले भनिन्, राजीनामाबारे सोचेको छैन !



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकाे नागरिकता अध्यादेश संसद्ले हुबहु पारित भएपछि अब राष्ट्रपतिले के गर्लिन् भन्ने कुरा सर्वत्र चासाकाे विषय बनेकाे छ ।

यस्ताेमा राष्ट्रपति भण्डारीले संसद्मा नागरिकता विधेयकमाथि छलफल भइरहँदा आफ्नाे आगामी संवैधानिक कदमबारे निर्णय गर्न बिहीवार शीतलनिवासमा संविधानविद् तथा सराेकारवालाहरूसँग छलफल गरिन् ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले सरकारले संसद्मा आवश्यक छलफल समेत नगरी हुबहु नागरिकता विधेयक पारित हुन् लागेकाेमा असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

त्यस्तै, उनले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेकाे तथा राष्ट्र र राष्ट्रियताबारे पनि चिन्तित रहेकाे बताइन् ।

सरकारसँग असन्तुष्ट राष्ट्रपतिलाई छलफलमा सहभागीहरूले राजीनामाबारे साेध्दा उनले हाललाई त्यसप्रकारकाे कुनै याेजना नरहेकाे बताएकी थिइन् ।

छलफलमा संविधान तथा कानुनविद्हरू डा. सुरेन्द्र भण्डारी, डा. भीमार्जुन आचार्य, डा. विपिन अधिकारी पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्