फिनल्याण्डकी प्रधानमन्त्री रक्सी पिएर नाचेपछि विवादमा



काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी छन् ।

सानाको उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै विपक्षी दलका नेताहरुले उनले लागू औषधसमेत सेवन गरेको आरोप लगाउदै परीक्षण हुनुपर्ने माग गरेको छन् ।

सार्वजनिक भएको भिडिओमा साना आफ्ना साथीहरुसँग नाच्दै गरेको देखिन्छ । लागुऔषध समेत प्रयोग गरेको आरोप लागेपछि सानाले आफुले मदिरा मात्र पिएको र परिक्षण गराउन समेत तयार रहेको बताएकी छन् ।

‘मैले पिएको सत्य हो, नाचेको पनि सत्य हो मैले गैर कानुनी काम केही गरेकी छैन, उक्त भिडिओ खिचीएको छ भन्ने मलाई थाहा थियो त्यो मेरो निजी भिडिओ थियो यसरी सार्वजनिक हुनु हुन्थेन ।’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्