माओवादी केन्द्रको आजपनि टुंगिएन पदाधिकारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज पदाधिकारी टुंग्याउने भनिएको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ ।

आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्