राष्ट्रिय युवा संघले उठाउन थाल्यो फोहोर



काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले काठमाडौंस्थित चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौंका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गतको संघले तेस्रो दिन ६ टिपर फोहर संकलन गरेको हाे ।

सरसफाई अभियान अन्तर्गत युवा संघले पहिलो दिन नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुप्रिएको फोहर संकलन गरेको थियो भने दोस्रो दिन कालोपुलमा थुपारिएको फोहर संकलन गरेको थियो ।

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनले भने,‘यो अभियान हाम्रो आह्वान हो, अपिल पनि हो, सबै आऔँ फोहर उठाऔँ ।’

प्रतिक्रिया दिनुहोस्