पदाधिकारी टुंगो लगाउने अन्तिम तयारीमा माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई विहिबार पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको हो ।

प्रवक्ता कृष्णबहादुर महराले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको जानकारी दिए ।

बैठकपछि नेता महराले भने- ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो । पदाधिकारी पनि भोली नै टुंग्याउछौँ’, माओवादी केन्द्रको महाधिवेशन गत पुसमा भएपनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्