एकीकृत समावजादीबाट आम निर्वाचनमा उम्मेदवार बन्न ७ शर्त तय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तोेकेको छ ।

महासचिव डा. बेदुराम भुसालका अनुसार बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो ।

समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको उनले बताए । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका नाम सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।

मापदण्ड
१. पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२. पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४. आर्थिक र नैतिक आचरण राम्रो भएको,
५ .जनतामा स्थापित र लोकप्रीय रहेको,
६. स्वच्छ छवि र सुशासनको पक्षपाती,
७. कार्यक्षमता र सक्रियता राम्रो भएको

प्रतिक्रिया दिनुहोस्