आम निर्वाचनमा भाग लिन ८४ दल दर्ता (सूचिसहित)



काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन् ।

आयोगले मंगलबार (३१ साउन) सम्मका लागि समय दिएको थियो । आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले बुधबारबाट जाँचबुझ गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्