ट्राफिक प्रहरीकाे विशेष सवारी चेकजाँच अभियान विद्यार्थी केन्द्रित, ५४ जना कारबाहीमा



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तरगत आज ५४ जना चालकहरू कारबाहीमा परेका छन् ।

कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका छन् ।

यस्तै आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्