वामदेव गौतम प्यूठानबाट चुनाव लड्ने



ठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्रपनि परिवर्तन गर्ने भएका छन् ।

गौतमले प्यूठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्यूठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।

०७० मा गौतमले प्यूठान-१ र बर्दिया-१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् । कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्यूठानबाट लड्ने मनसाय बनाएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्