प्रतिनिधि सभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र पेस



काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र पेस भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेस भएको हो ।

मंगलबार संसद बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिका तर्फबाट पठाएको पत्र पढेर सुनाएका हुन् ।

पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेक विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनस् गहन अध्ययन, छलफल,विमर्श र विश्लेषणसहित पुनरविचार हुन वाञ्छनीय भएकाले सम्मानीत राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देश सहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्ण भएकाले नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्ने बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध गर्दछु, ।’ भन्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्