काठमाडौं जिल्ला टग अफ वारले विद्यालय स्तरीय प्रतियोगिता गर्ने



काठमाडौं । काठमाडौं जिल्ला टग अफ वार कार्यसमितिले प्रथम अन्तरविद्यालय टग अफ वार (डोरी तान्ने प्रतियोगिता) गर्ने भएको छ ।

प्रतियोगिता साउन ३१ गते बैजयन्ति फुटसलमा सम्पन्न हुने टग अफ वार समितिका जिल्ला सचिव किरण प्रकाश न्यौपानेले बताए ।

टिममा जम्मा २८ वटा स्कुलका ५६ वटा टिमले सहभागिता जनाउने बताइएको छ । नकआउट आधारमा खेलाउने उक्त खेलमा छात्र र छात्राको छुट्टा छुट्टै टिम रेहेको र प्रथम द्धितिय तृतीय हुने खेलाडिहरुलाई ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने टग अफ वार काठमाण्डौ जिल्ला अध्यक्ष नवराज भट्टले जानकारि दिऐ ।

खेलमा छात्र ४६० केजी समुह तथा छात्रा ४२० केजी तौल समूह आठ जना रहने खेल संयोजक मदनलाल श्रेष्ठले जानकारी दिए ।

खेलमा विद्यार्थीहरुले मनोरन्जन प्राप्त गर्नुका साथै ग्रुप वर्कको महत्व थाहा पाउने र यसले विद्यार्थीलाई भविष्यमा उनीहरुले गर्ने काममा टिममा रहेर काम गर्दा धेरै सजिलो हुन्छ भन्ने कुरा बुझ्ने कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सूर्य भण्डारीले उल्लेख गरे ।

टग अफ वारको यो सिजन प्याव्सन काठमाडौं, फिजम, डिन, फिनम, र फेकाको प्रायोजनमा हुने बताइएको छ ।

यसैगरी खेलको उद्घाटन टग अफ वारका केन्द्रिय अध्यक्ष भवानी पौडेल तथा समापन कार्यक्रमको प्रमुख अतिथी प्याव्सन काठमाडांै जिल्ला कार्य समितिका जिल्ला अध्यक्ष प्रेम कुमार राई रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्