सरसफाई अभियानमा युवा संघ



काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौंमा फोहोर सरसफाई अभियन चलाएको छ । उपत्यकामा शनिबार परेको भारी वर्षाका कारण ठाउँ ठाउँमा थुपरिएको फोहोर छरपष्ट भएर अस्तव्यस्त बनेको फोहोरलाई अहिले उनीहरुले संकलन गरिरहेको छ ।

डम्पिङ साइट बञ्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न नदिने चेतावनी दिएपछि फोहोर व्यवस्थापन झनै अन्यौल बनेको छ । युवा संघले भने काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर सफाइ गरेको हो ।

उनीहरुले फोहोर व्यवस्थापन गर्दा ध्यानपूर्वक गर्नुपर्ने सन्देशसहित व्यवस्थित रुपमा सफाई कार्यक्रम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्