बूनपा ११ स्थित यज्ञमति माविमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । कपन चुनदेवी साकोस, पैयाँटार युवा क्लब र लायन्स क्लब अफ काठमाडौं कपनको संयुक्त आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बूनपा ११ का वडाध्यक्ष राजु अधिकारी, लायन्स क्लबका डिस्ट्रिक्ट ३२५ डी गभर्नर विष्णुभाइ श्रेष्ठ, फस्ट भ्वाइस डिस्ट्रिक्ट गभर्नर रमेश लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कपनको पैयाँटारस्थित यज्ञमति माविमा साउन २८ गते शनिबार बिहान १० बजेदेखि १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा रक्तदाताहरुबाट ३८ पिन रगत संकलन भएको स्थानीय राज खड्काले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्