काठमाडौँ आएर हर्कले लेखे, ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो’



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंको यात्रामा रहेका छन् ।

उनी आर्थिक वर्षमा धरानको विकासका लागि संघीय सरकारले घटाइदिएपछि निराश उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौँ आइपुगेका हुन्।

उनले काठमाडौंको फोहोर देखेपछि लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो उनले भने, प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’ हर्कले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको पनि बताएका छन् ।

धरानको विकाका एजेन्डासहित काठमाडौँमा गुनासो पोख्न आइपुगेका उनी यहाँ फोहोरको थुप्रो देखेर निराश नबेका छन्। काठमाडौँका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्