
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि करिब १० अर्ब खर्च लाग्ने अनुमान अघि सारेकाे छ ।
आइतवार सम्पादकहरूसँग छलफल गर्दै आयोगले अनुमानित १० खर्ब रुपैयाँमा निर्वाचन सम्पन्न हुने बताएकाे हाे ।
सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
आगामी निर्वाचनका लागि मतदाताकाे कूल संख्या करिब १ करोड ८२ लाख रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।