युवामैत्री स्थानीय शासन अभियानमा लगानी वृद्धिको लागि पहल



काठमाडौं । “युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता एक्यबद्धता” नाराका साथ देशव्यापी रुपमा मनाइरहेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवामैत्री स्थानीय शासन सम्बन्धी हालसम्मका उपलब्धीहरु, सिकाई र भावी कार्यदिशाको सन्बन्धी आज काठमाडौँमा केन्द्रीयस्तरको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि गर्दै विभिन्न पृष्ठभुमिका युवा तथा सरोकारवालाहरुको चर्भुअल मार्फत सहभागीता रहेको थियो । समग्र विकासमा युवामैत्री स्थानीय शासनको आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ । यस अन्तर्गत ३०० भन्दा बढि सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । युवामैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरी सम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी , विभिन्न नीजी क्षेत्रका युवा प्रतिनिधि तथा युवाका सवालमा प्रमुख सरोकारवालाहरुको लागी ३ दिने युवामैत्री स्थानीय शासनसँग सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । यस सन्दर्भ युवामैत्री अभियानको समिक्षा गरी भावी मार्गमा छलफलका उद्देश्य सहित यस कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता राष्ट्यि यवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द« बस्नेतले गरेका थिए । उपाध्यक्ष बस्नेतले युवाहरुको मुद्दाहरुका दृष्टीकोणले मैत्रीपुर्ण बनाउने अहिलेको सान्दर्भिक सवाल रहेको र नीति निर्माण प्रक्रियामा युवाहरुको सहभागीता अत्यावश्यक रहेको बताए । हालको प्रयास कम रहेको र अझ बढि लगानी र योगदानको आवश्यकता रहेको बताउँदै उपाध्यक्ष बस्नेतले उपयुक्त वातावरण निमार्णको लागि राष्ट्रिय युवा परिषद्ले कार्य गरिरहेको र संवैधानिक तथा नीतिगत युवासँग सम्बन्धीत व्यवस्थालाई कार्यन्वयनाका साथ युवामैत्री शासन प्रबद्र्धनको लागी निरन्तर समन्वयको प्रतिबद्धता जाहेर गरे ।

युएनडिपिका आवसीय प्रतिनिधि आइसानी लाभेले समस्या धेरै भएर वितृष्णा धेरै भएको बताउँदै विभिन्न पृष्ठभुमिका युवाहरुको समस्या परेको बेलामा सुनिदिने स्थान समेत नभएको बताए । उनले व्यवहार, अन्तरसम्बन्ध, एकता र अन्तरक्रियालाई सबल बनाउँदै युवामैत्री स्थानीय शासन प्रबद्र्धन गर्नुपर्ने कुरामा जोड दिए र युएनडिपि युवामैत्री प्रबद्र्धनको लागि लागिपर्ने प्रतिबद्धता पनि जनाए । युनिसेफको आवसीय उप प्रतिनिधि उषा मिश्रले नेपालमा केहि बर्षपछि जेष्ठ नागरिकको जनसंख्या धेरै हुने भएकाले वर्तमान समयमा युवा तथा बालबालिकामा वृहत लगानीको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले स्वागत मन्तव्य दिँदै युवामैत्री अभियानमा सबै युवासँग सम्बन्धित सरोकारवालाहरुले योगदान पुर्याउनुपर्ने बताए । कार्यक्रमको संचालन अधिकारकर्मी विपना शर्माले गरेका थिए । कार्यक्रममा अधिवक्ता तथा युवामैत्री शासन विज्ञ विष्णु खत्री, उपप्रा्रध्यापक तथा युवामैत्री शासन विज्ञ दिपेश घिमिरे र युवामैत्री कार्यक्रमको संयोजक सुमिक्षा खड्काले प्रस्तुतीकरण गरेका थियो भने लैङ्गिक समानता र सामाजिक समावेशीकरण विशेषज्ञ मिना शर्मा र किशोरीहरुको प्रतिनिधि रेजीना घर्ती मगरले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्