यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन



काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु भएर भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले बताए ।

उनले भने,‘ भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाध्न मिल्ने उनले बताए । नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ । तर यसवर्ष पूर्णिमा दुई दिन भेटेको हुनाले प्रतिपदा पनि भोलि नै परेको ढुंगेलले बताए ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।

प्रतिक्रिया दिनुहोस्