
काठमाडौं । बिहीबार सुन चाँदीको मुल्य घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ थियो । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा किनबेच भएकोमा बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय २५ मा आएको छ ।





