‘पाँचौ त्रिज्योति अन्तरविद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता–२०७९’ हुँदै



काठमाडौं । त्रिज्योतिमा मावि कपन बुढानीलकण्ठले ‘पाँचौ त्रिज्योति अन्तरविद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०७९’ आयोजना गर्ने भएको छ ।

आगामी साउन २८ गते शनिबार विद्यालयद्वारा आयोजित नृत्य प्रतियोगितामा २५ वटा विभिन्न विद्यालयका ४०० प्रतियोगी विद्यार्थीहरुबिच तीब्र प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा दशौं स्थानसम्म उत्कृष्ट नृत्य प्रदर्शन गर्ने विद्यालयहरुलाई प्रमाणपत्र, मेडल र आकर्षक शिल्ड प्रदान गरिने आयोजक विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले बताए ।

तीज जस्तो साँस्कृतिक पर्वको महत्व र गरिमाको बोध गराउँदै साँस्कृतिक पक्षको संरक्षण र निरन्तरताको निम्ति उक्त प्रतियोगिता आयोजना गरिएको कुरा पनि प्राचार्य मिश्रले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका छन् भने सभापतिको रुपमा विद्यालय संचालक समितिका अध्यक्ष केशवप्रसाद दंगाल रहने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्