सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस बैठक



काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।

बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ । त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

काँग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । सिट बाँडफाँड सम्बन्धी कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्