निर्वाचन आयोगमा एमालेको दल दर्ता नम्बर १०, अरु पार्टीको दर्ता नम्बर कति ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको हो ।

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् । निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।
आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमस मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् । ठूला पार्टीमा एमाले पहिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्