मुख्य प्रशिक्षक गौरव बस्नेत मनास्लु वर्ल्ड कलेजमा प्रशिक्षकको रूपमा अनुबद्ध



काठमाडौं । चाबहिल चुच्चेपाटी अवस्थित मनास्लु वर्ल्ड कलेजले स्थापनाकालदेखी नै विभिन्न विधाका खेलाडिहरूलाई शत प्रतिशत सम्म छात्रवृत्ति प्रदान गरिरहेको छ । यसरी नै यसै शैक्षिक शत्र देखि फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टिम नर्माण गरि सम्पुर्ण खेलाडि विध्यार्थीहरूलाइ विशेष प्राथमिकतामा राखेर नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेत लार्इ यस कलेजले मुख्य प्रशिक्षकको रूपमा अनुबन्धन गरेको छ । 

मनास्लु सम्पुर्ण युवा खेलाडि विध्यार्थीहरूको सर्वाङगिन विकासको लागि कलेजले विशेष कार्यक्रम गर्ने यस कलेजका प्रिन्सिपल राजन श्रेष्ठ ले बताए । युवालाई विश्व बजारमा खेलकुदका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्न विधागतरूपमा जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको प्लस टु अध्ययनको उपयुक्त गन्तव्य बनेको छ ।

यसै क्रममा मनास्लुले यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरू गर्ने कलेज प्रशासनले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्