सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक सकियो, संयाेजकमा सिटाैला



काठमाडौँ । सत्तारुढ गठबन्धनले निर्वाचनमा सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक सकिएको छ ।

बैठकले सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौलालाई चयन गरेको छ ।

त्यस्तै बैठकले सिट बाँडफाँटका आधारहरू बारे सामान्य छलफल समेत गरेको कार्यदलका एक सदस्यले बताए ।

बैठकले सिट बाँडफाँटका आधारहरूमा स्थानीय तहमा जस्तै पहिले जितेका सिट तत पार्टीले लिने र एमालेले जितको सिटहरू बाँड्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा बढी सिट कांग्रेसले लिने भएको छ । यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने देखिएको छ । तर, कांग्रेस आफूले ८० देखि ९० सिट पाउनुपर्ने अडानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्