सत्ताको मातमा गगन थापाले नैतिक धरातल बिर्से : युवा नेता पुरुषोत्तम आचार्य



काठमाडौं । आफूलाई अरुभन्दा फरक क्षमताको देखाउने गगन थापाले झुट र कन्फ्युजनको राजनीतिले आफ्नो नैतिक धरातल बिर्सिएको नेकपा एमालेका युवा नेता तथा ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले परिवर्तन खबरलाई बताए ।

परिवर्तन खबरसँगको कुराकानीमा नेता आचार्यले भने, ‘२०६० साल पुस १ गते दिउँसो ३ बजेतिर मलाई रत्नपार्क नजिकको रातोघरबाट गिरफ्तार गरियो । त्यही दिन बेलुका करिव ७ बजेतिर तत्कालिन नेविसंघका अध्यक्ष गुरुराज घिमिरे र महामन्त्री गगन थापालाई बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टबाट खाजा खाईरहेको समयमा गिरफ्तार गरी सोही दिन साँझ ८ बजेतिर हनुमान ढोका पुर्याईएको थियो । म फरक विचार राख्ने नेता भएकोले गगन जीले मेरो नाम नलिएपनि आफ्नै अध्यक्ष गुरुराज घिमिरेलाई समेत अपमानित हुने गरी दिएको अन्तरवार्ताले मलाई अचम्म पारेको छ । काँग्रेसको महामन्त्री जस्तो जिम्मेवारीमा रहेका थापाको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले आफ्नै कद घटाईरहेको छ ।’ 

आन्दोलनका दवावको कारण तिनै जना विद्यार्थी नेताहरु पुस ११ गते विशेष अदालतबाट रिहाई भएका थिए । उनले सिसन बानियाँद्वारा सञ्चालित कार्यक्रम प्याराडाइम पोडकास्टमा कुराकानी गर्दै दोस्रो जनआन्दोलनमा आफू एक मात्र राजद्रोहको मुद्दा खेपेको व्यक्ति भनी अन्तरवार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्