‘रक्षा नेपाल’काे सहयोगार्थ कपनमा आयोजित शिवपुराणमा एमालेका नेताहरुको लर्काे



काठमाडौं । हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था ‘रक्षा नेपाल’को सहयोगार्थ नेकपा एमालेका नेताहरुको लर्काे नै लागेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार मावि पछाडिको खाली जग्गामा चलिरहेको महायज्ञमा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, एमाले जिल्ला कमिटी सदस्य जयराम थापा, राजु अधिकारी, नगर उपाध्यक्ष शम्भु भट्टराई लगायतले एकैदिन पुराणमा सहभागी भई सहयोग गरेका थिए ।

१९ वर्षदेखि यौनजन्य हिंसामुक्त समाज निर्माण उद्देश्यसहित क्रियाशील संस्था रक्षा नेपालको संरक्षणमा रहेका महिला तथा किशोरीहरूको शिक्षादीक्षा तथा पालनपोषणको सहजताका महायज्ञ गरिएको मूल समारोह समितिका संयोजक संगीता पन्तले बताइन् ।

रत्न फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष पन्तको संयोजनमा आयोजित महायज्ञमा पण्डित नारायणप्रसाद पौडेलको मुखारविन्दबाट कथा वाचन भइरहेको छ। शिवपुराण कथा श्रवण गर्न बुढानीलकण्ठ नगरका विभिन्न वडाबाट भक्तजनको उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्