देउवालाई कांग्रेस नेताहरुले भने- देशभर चुनाव जित्ने गरी तालमेल गरौँ



काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले देशभर तालमेलको पक्षमा जोड दिएका छन् । कांग्रेसका नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा पक्षमा जोड दिएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बसेको थियो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेका छैनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्