वडागत छलफलपछि गगन थापा निराश, डा. राजन भट्टराई र बासुदेव गौतमबिच प्रतिस्पर्धाको संकेत



काठमाडौं । काठमाडौ क्षेत्र नंं ४ को वडागत छलफल गर्दै सबै वडामा महिला, युवा र अगुवा कार्यकर्तासँग छलफललाई तिव्रता दिएका काँग्रेसका महामन्त्री समेत रहेका संघीय सांसद गगन कुमार थापा निराश भएको काँग्रेसको एक स्थानीय नेताले परिवर्तन खबरलाई बताएका छन् ।

काँग्रेसको निर्विरोध उम्मेदवार जस्ता भएका गगन थापाले करिब १००० नेता, कार्यकर्ता सहितको सुझावपछि समानुपातिकको पहिलो लिष्टमा आफ्नो नाम राखेर काँग्रेस जिताउन देशव्यापी निर्वाचनमा होमिने संकेत दिएका छन् ।

काँग्रेसबाट गगन थापा ब्याक भएसँगै काठमाडौं–४ मा डा. राजन भट्टराई र समाजसेवी तथा व्यापारी बासुदेव गौतमबीचमा प्रतिस्पर्धाको हुने संकेत देखिएको छ ।

नेपाली काँग्रेसबाट काठमाडौं–४ को संघीय सांसदमा बासुदेव गौतमको दावेदारी !

छलफल कार्यक्रममा कार्यकर्ताले एमसीसी पास गराउन निर्णायक भूमिका निर्वाह गरेको, पटकपटक सांसद हुँदा क्षेत्रगत विकासको लागि सिन्को नभाचेको, कार्यकर्ताको फोन समेत नउठाएको, जनताको काम गर्ने भन्दा ठूलाठूला कुरा गरेर राष्ट्रघात गरेको बताएका थिए । जवाफमा थापाले प्रधानमन्त्रीलाई भोट दिने हो भने आफूलाई जिताउने नभए प्रधानमन्त्रीको सल्लाहकार डा. राजन भट्टराईलाई जिताउने भन्दै आफ्नो बचावट गरेका थिए ।

आफ्नो हैसियत नै नपुगी प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको आलोचना गरेपछी मलाई भोट नदिने भए थापाले उम्मेद्वार नहुने बताएपछि काँग्रेसकै कार्यकर्ताले ताली बजाएका थिए ।

नेपाली काँग्रेसको संस्थापक परिवारसँग नै निकट सम्बन्ध  भएका बासुदेव गौतम अहिले काँग्रेसको उम्मेद्वार हुने लगभग निश्चितै भईसकेको काँग्रेसका प्रदेश नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्