बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न (फोटो फिचर)



काठमाडौं । ‘साझा विश्व निर्माणमा अन्तर पुस्ता ऐक्यबद्धता’ को मूल नारा सहित राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साता ब्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

सोही अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजालले आज (शनिबार) राष्ट्रिय युवा परिषद्को हलमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई लक्षित गरी प्रक्षिणमूलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घानमा विदेशवाट फर्किएका युवाहरुलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिन सक्ने वताए ।  मन्त्री गहतराजले उनीहरूलाई स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नका निम्ति सरकार प्राथमिकतापूर्वक लागिरहेको समेत जानकारी गराए ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई मन्त्री गहतराजले भने, ‘युवाका निम्ति सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएको र त्यसका निम्ति ठोस परिणाम सहित युवाका कार्यक्रम एकीकृत गर्नु जरुरी रहेको छ ।

विदेशवाट फर्किएका युवाका समस्या, चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रिटर्नी युवाहरु राष्ट्र निर्माणको मेरुदण्ड भएको वताए । बस्नेतले रिटर्नी युवाहरुले सिकेको श्रम, सीप र दक्षतालाई सदुपयोग गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार वनाउन कोषले निरन्तर काम गरिरहेको वताए ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीवाट फर्केका युवाका लागि विशेष कार्यक्रम ल्याउन लागिएको वताए ।

कार्यक्रममा युवा अर्थशास्त्री डिपि ढकालले नेपाली श्रम वजारको चिरफार गर्दै युवाहरुलाई देशभित्रै अवसर खोज्न अपिल गरे ।

सिटिइभिटीका निर्देशक अनोज भट्टराईले विदेशवाट फर्किएका युवाका लागि तालिम दिने जानकारी गराए ।

कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय सचिवालय सदस्य काजी थापाले रिटर्नी युवाका समस्या र अपेक्षा वारे चर्चा गरेका  थिए ।

अन्तरसंवाद कार्यक्रम मार्फत युवालाई स्वरोजगार र उत्पादनमा जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संचालन रिटर्नी सञ्जालका अध्यक्ष सुवास ढकालले गरेका थिए भने कार्यक्रममा संजालका उपाध्यक्ष सविन खड्काले सहभागीहरुलाई कार्यक्रमको उद्देश्यबारे थप प्रष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जालको अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन

रिटर्नी युवा संजाल नेपालले साउन २१ गते प्रशिक्षणमूलक कार्यक्रम संचालन गर्ने

प्रतिक्रिया दिनुहोस्