बाल उद्धार माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान



काठमाडौं । नेपाल सरकारकाद्वारा नमूना विद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले २०७८ को एसईईमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

नगरप्रमुख मिठाराम अधिकारीद्वारा केक काटी उद्घाटन गरिएको सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, वडा प्रतिनिधि दिल कुमारी बिक, विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले खादा, अविर र टिका लगाई सम्मान गरेका थिए ।

विद्यालय हलमा आयोजित सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले ए प्लस ल्याई उत्तीर्ण गर्ने तीन जना विद्यार्थीहरुलाई कक्षा ११ मा निःशुल्क पढाउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्