नेपाल निजामती कर्मचारी संगठनद्वारा वहुवर्षीय छात्रवृत्ति प्रदान



काठमाडौं । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, काठमाडौंले बाल उद्धार मावि कक्षा १ मा अध्ययनरत छात्र  विमल खड्कालाई छात्रवृत्ति प्रदान गरेको छ ।

संगठनले खड्कालाई वहुवर्षीय छात्रवृत्ति अन्तर्गत उनलाई चाहिने स्टेशनरी, विद्यालय पोशाक प्रदान गर्नेछ भने मासिक ट्युशन शुल्क बराबर प्रति महिना पाँच सयका दरले ६ हजार र विद्यालय विकास सहयोग अन्तर्गत तीन हजार विद्यालयलाई बुझाएको लेखापाल अनिल सिग्देलले जानकारी दिए ।

संगठनका केन्द्रिय अध्यक्षता लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथि बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, संगठनका केन्द्रिय उपाध्यक्ष भवानी दाहाल रहेका थिए ।

संगठनद्वारा अभिभावकत्व ग्रहण गरेको बालकको आवश्यक सहयोग र समन्वय गर्न काठमाडौं जिल्ला कार्यसमिति सदस्य सरिता चौधरीलाई जिल्ला संगठनले तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्