सप्तरी क्षेत्र नं. २ : उपेन्द्र यादव-सीके राउत आमनेसामने



काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्च्यूअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नं. २ बाट चुनाव लड्ने निर्णय भएको हाे ।

२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीकाे साेही क्षेत्रबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नं. २ बाटै चुनाव लड्ने रहेको छ । उनले त्यहीअनुसारको तयारी समेत थालेका छन् ।

यस्ताे अवस्थामा उपेन्द्र र सीके आमनेसामने हुने भएका छन् । सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेसँगै अध्यक्ष राउतले आफ्नाे निर्वाचन क्षेत्र राेजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्