प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए । मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्