माल्दिभ्समा प्रिमियर लिगको उपाधि जितेपछि किरणले प्रेमिकासँग गरे ‘ईंगेजमेन्ट’



काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने । त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाहको प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्