महंगी र भ्रष्टाचारविरुद्ध राजधानीमा एमालेको प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पछिल्लो समय भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ । एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट सोमबार दिउँसो जुलुस निकालेका हुन् ।

बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीहरु शान्तिबाटिकासम्म पुगेका छन् । उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका थिए ।

वर्षा भइरहेकाले प्रदर्शनकारीहरू छाता ‌ओढेरै प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको छ ।

प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्