बुधबारसम्मै वर्षाको सम्भावना छ : महाशाखा



काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, मधेस, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक दुई ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेपछि ती स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् मन्जु बासीले बताइन् । यो अवस्था बुधबारसम्म रहने उनले जानकारी दिइन् । बिहीबारदेखि मौसममा केही सुधार आउने उनले बताइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको उनले बताइन् ।

राति पनि देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा भएकाले ती भू भागहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहाव ९डेब‍्रिज फ्लो० को जोखिम रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्