देउवाले बोलाए क्याबिनेट, निर्वाचनको मिति तोक्ने सम्भावना



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको बताइएको छ । निर्वाचन आयोग मङ्सिर दुईमा एकै चरणमा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। आगामी मङ्सिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्