माओवादीले जनता बिर्सँदै गयो : महरा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताएका छन् ।

प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको पनि बताए ।

‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भने ।

पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने उनको भनाई छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उनले विद्रोहका नाममा अहिले बन्दुक बोक्ने समय नभएको पनि बताए । ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्