कोरोना नियन्त्रण गर्न नसक्ने हो भनी सूचना जारी गर्न पनि छोडे हुन्छ, सरकार !



काठमाडौँ उपत्यकाभित्र होस् या उपत्यकाबाहिर रहेका कतिऔं जिल्लाहरुमा ह्वात्तै कोरोना सङ्क्रमण बढिरहेको पाइन्छ । अभिभावकहरुले पनि आफ्नो बालबच्चाहरुलाई विद्यालय पठाउदैनौँ भनेर भन्न थालिसकेका छन्  । हाल कोरोना भाइरस निकै फैलिएको हुँदा अभिभावकहरु आफ्नो बालबच्चाप्रति चिन्तित रहेर बालबालिकाहरुलाई स्कूल पठाउन चाहँदैनन् । अभिभावकहरुका अनुसार बालबालिकहरु विद्यालय गए विद्यालयबाट झन् कोरोना फैलने वा लाग्ने गर्दछ । जसले गर्दा उनीहरु आफ्ना बालबच्चाहरुलाई  पनि कोरोना लाग्छ भनेर विद्यालय पठाउन चाहदैँनन् ।

यसरी विद्यालयमा एउटै कुर्सीमा ४ देखि ५ जनासँग विद्यार्थीहरु राख्ने गरिन्छ ।  विद्यालयमा विद्यार्थीहरु मास्क नलगाउने, दुरी पालना नगर्ने, स्यानिटाइजर पनि प्रयोग नगर्ने र शिक्षकहरुले पनि मास्क नलगाउने गर्छन् । जसले गर्दा अब विद्यालय नै कोरोना फैलाउने एउटा ठाँउ बनिसकेको छ । यसरी कोरोना दिनप्रतिदिन फैलिदा पनि शिक्षा मन्त्रालय, शिक्षा विभाग, महानगरपालिका तथा वडाहरुले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छैन् । विद्यालयहरु उपयुक्त  समयमा बन्द नगरेमा बालबच्चाहरु कोरोनाको शिकार हुनेछन् । अहिले कयौँ विद्यार्थीहरु बिरामी भएका छन् र उनीहरुमा कोरोना देखिने बढी सम्भावना रहेको छ । त्यसैगरी विद्यार्थीका अभिभावकहरु पनि सरकारसँग स्कूल, क्याम्पस बन्द गरी अनलाइनबाट पठनपाठन गर्ने वा गराउने व्यवस्था मिलाउनुपर्ने जस्ता माग गर्छन् ।

यसरी कोरोना फैलिएर मान्छेहरु दिन प्रतिदिन मृत्युको मुखमा पुगेका छन् । ठूला मानिसहरु त कोरोना लागेर मृत्युको मुखमा पुगेका छन् भने बालबच्चाहरु त सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड नै पालना नगरी विद्यालयमा जाने गर्छन् । उनीहरुमा छिट्टै कोरोना भाइरस लाग्ने सम्भावना अहिले देखा परेकोे छ । सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड न निजी विद्यालयले नै पालना गरेको छ न सरकारी विद्यालयले नै पालना गरिरहेको पाइन्छ ।

सरकारले यदि समयमै उपयुक्त निर्णय नगरेमा कोरोनाले बालबच्चाहरुमाथि जटिल समस्या ल्याउने छ । कति बालबालिकाहरु कोरोना भाइरसको सिकार भई मृत्युको मुखमा पुगेका छन् भने कति त छटपटिएर अस्पतालको बेडमा बसिरहेका छन् । सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड निजी र सरकारी विद्यालयहरुले पालना नगर्दा धेरै बालबालिकाहरु रुगाँ, खोकी  र ज्वरोबाट ग्रसित भएका छन् र जचाउँने हो भने उनीहरुमा कोरोना देखिने बढी सम्भावना रहेको छ ।

कति अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई कोरोना लाग्छ भनेर विद्यालय पठाउन छोडिसकेका छन् । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी त आएपनि नआएपनि शिक्षकशिक्षिकाहरुलाई केहि चासो हुदैँन तर निजी विद्यालयमा विद्यार्थी एकदिन नआए शिक्षकहरु अभिभावकलाई फोन गरेर विद्यालय पठाउनु भनेर भन्ने गरिन्छ । यता सिडिओ कार्यालय, स्वास्थ्य मन्त्रालय, महानगरपालिकाहरु स्कूल कलेजहरु अनुगमन पनि गर्दैनन र विद्यार्थीहरुलाई खोप दिएको छ भनेर सरकार आरामसँग बसिरहेको छ ।

विद्यालयमा गएर विद्यार्थीहरुलाई कोरोना छ वा छैन भनेर पनि स्वास्थ्य मन्त्रालयले जाँच गर्ने गर्दैन । यता कोरोना सङ्क्रमित ह्वात्तै बढिरहेका छन् भने उता सरकार कतै पनि कोरोना नियन्त्रण गर्नका लागि केही निर्णय गर्दैनन् । पहिला बनाएको मापदण्ड त  पालना गराउन कुनै चासो छैन भनी नँया नीति तथा कानुन ल्याउन त के नै चासो हुन्थ्यो । 

यसरी विद्यालय र सरकारले विद्यार्थीको ज्यानमाथि खेलबाड गर्दा सञ्चारकर्मीहरुले पनि कुनै मतलब गरेका छैनन् । सञ्चारकर्मीहरु पनि विद्यालयमा पढ्ने बालबालिकाहरुको मुखमा मास्क छ वा छैन र सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेको छ वा छैन भनेर कुनै खोजी गर्दैनन् । यता सिनेमा हलमा पनि हेर्ने हो भनी कमीलाको ताँती झैँ दर्शकहरु फिलिम हेर्न बसेका छन् । तर मुखमा मास्क पनि लगाएका छैनन् र दुरी पनि पालना गरेका छैनन् । यता दोहोरी साँझ, रेस्टुरेन्ट, पार्टीप्यालेस र मानिसहरुको भिडभाड हुने ठाँउहरुमा पनि भिडभाड नियन्त्रण गर्नका लागि वा कोरोना नियन्त्रण गर्नका लागि सरकारले अहिले सम्म कुनै नीति तथा कानुन नै बनाएको छैनन् ।

अहिले पनि प्रायजसो नागरिकहरुको मुखमा मास्क छैन भने सार्वजनिक सवारी साधनहरुमा  पनि सिटभन्दा बढी यात्रु राखिएको छ । जताततै भिडभाड रहेको पाइन्छ भने कोरोना नियन्त्रण मापदण्ड कतै पालना गरिएको छैन । स्वास्थ्य मन्त्रालयले पनि कुनै नीति तथा कानुन नै बनाउँछ न लकडाउन नै गर्न सक्छ । यसरी स्वास्थ्य मन्त्री लाचर भएर बस्दा जनता मृत्युको मुखमा पुग्नु परिरहेको छ । जनताहरु कोरोना लागेर घरमा रोएर बसिरहेका छन् । यता सरकार भने कोरोना जाँच गरेको पनि नागरिकहरुले पैसा लिन्छ ।  यसरी कोेरोना जाँच गर्दा पैसा तिनुपर्ने भएकाले मानिसहरु कोरोना लागे पनि जाँच गर्दैनन् ।

कति मानिसहरु कोरोना लागेर बिरामी भएका छन् तर उनीहरुसँग चेकजाँच गर्ने पैसा छैन । त्यस्तै गरी अब सरकारले  निःशुल्क रुपमा कोरोना चेकजाँच गर्न मिल्ने व्यवस्था मिलाउनुपर्छ ।  अहिले उपत्यकाभित्र यत्रो कोरोना सङ्क्रमित हुँदा पनि भक्तपुर, काठमाडौं र ललितपुरको मेयरहरुले उपत्यकाभित्रिने नाकाहरुमा चेकजाँच गरी कुनै पनि कडाइ गरेका छैनन् । भारतमा कोरोना बढेर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरु छिटोछिटो नेपाल भित्रिने काम गरिरहेका छन् ।

यसरी भारतबाट फर्केका नेपालीहरु कोरोना चेकजाँच नै नगरी आफ्नो घरमा गइरहेका छन् । अरु राष्ट्रहरुबाट प्लेनमा आएका नेपालीहरु पनि कोरोना चेक नै नगरी घर गइरहेका छन् । त्यस्तै गरी अहिले कोरोनाको संक्रमित अरु बाहिरी मुलुकहरुमा पनि बढिरहेको छ । जसले गर्दा अहिले दिनहुँ कति नेपाली जनताहरु आफ्नो घर फकिरहेका छन् । विज्ञ र जनताहरु नै भन्छन् लामो रोडमा चल्ने गाडी, प्लेनहरु तत्कालिन बन्द गर्नुपर्छ । होइन भनी कोरोनाले फेरि पनि कतियौँ मानिसहरुको ज्यान लिनेछ । नेपालमा मात्रै कोरोना लागेर १२ हजार नेपालीहरुको मृत्यु भइसक्यो । सरकारकै लापरवाहीले गर्दा आज यत्रो नेपाली जनताहरु कोरोना लागेर मृत्युको मुखमा पुगे । यसरी यत्रो नेपाली जनताहरु मर्दा पनि अहिलेसम्म सरकारलाई चेतना आएको छैन ।

यति धेरै नेपाली नागरिकहरु व्यापारी र सरकारले मिलेर मार्यो ।  सरकारले न कोरोना लागेर मरेका मानिसहरुलाई शहिद घोषणा नै गर्यो न आफन्तहरुले क्षतिपूर्ति नै दियो । यदि यहाँ राजनीतिक दलका कार्यकर्ता आन्दोलन गर्दा मरेका भए मरेको मान्छेको आफन्तले १० लाख रुपैँया पनि पाउँथे र मरेका मानिसलाई शहिद घोषणा पनि गर्थे । यसरी कोरोना नियन्त्रण गर्न कुनै नीति तथा कानुन बनाउन नसक्ने स्वास्थ्य मन्त्रीले राजीनामा दिँदा पनि हुन्छ होइन भनी जनतालाई बचाउनका लागि लकडाउन गर्न सक्नुपर्यो ।

जनताको बाँच्ने अधिकार सुरक्षित गर्न नसक्ने स्वास्थ्यमन्त्री मन्त्री पदमा बसेर जनता मार्न पाइदैँन । राज्यले कर लिनका लागि कोरोना फैलाउने काम गरिरहेको छ । अहिले कोरोना नियन्त्रण गर्नका लागि न प्रधानमन्त्रीले नै चासो दिन्छन् न स्वास्थ्य मन्त्रीले नै कुनै निर्णय गर्छ । जनताको माग सरकारसँग अहिले एउटै छ । हाम्रो बाँच्ने अधिकार सुरक्षित गरि  दियौँ सरकार ।

डाक्टरहरु भन्छन् खोप लगाएको मानिसहरुलाई पनि कोरोना फेरि पनि दोहोरिएर लाग्छ । तर भन्ने हो भनी त कति जनताहरुले अहिलेसम्म खोप नै लगाएका छैनन् । लगाएको खोपले पनि कोरोना नियन्त्रण वा बँच्नका लागि कुनै सहयोग पुर्याउदैँन । सरकारले जनतालाई खोप लगायो भनी कोरोना लाग्दैन भनेर भ्रममा पारिरहेको छ ।

यसरी सरकारले कोरोनालाई साधारण रुपमा लियो भने सबै नेपाली जनताहरु कोरोना लागेर मृत्युको मुखमा पुग्ने छन् । सरकारले जनता बचाउन सक्दैँन भने मार्ने अधिकार चाहिँ कसरी हुन्छ । अहिले सरकारले आफनो फाइदा हेरेर कर उठाउनका लागि कोरोना फैलाएर जनता मार्ने काम गरिरहेको छ ।

त्यसैगरी अहिले व्यापार व्यवसाय गर्नेहरुले पनि सरकारले कोरोना नियन्त्रण गर्न बनाएको कुनै मापदण्ड पालना गरेको छैन  । यता स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभाग पनि सरकारले बनाएको मापदण्डको पालना भइरहेको छ वा छैन भनेर अनुगमन गर्दैन । अहिले स्वास्थ्य मन्त्रालयमा हरेक व्यापार व्यवसायीहरु कोसेली लिएर भेट्न गइरहेका छन् । स्वास्थ्य मन्त्रीले व्यवसायीसँग आर्थिक चलखेलमा लकडाउन नगर्ने भनेर बसिरहेको छ । यसरी आर्थिक प्रलोभनमा परी जनताको ज्यानमाथि खेलबाड गर्न पाइन्छ ।

सरकारले लकडाउन गर्न ढिलाइ भयो भन्दै अहिले सर्वसाधारणहरु गुनासो गर्छन् । अहिले  मुखमा मास्क नलगाई हिड्ने नागरिकहरुलाई सरकारले कारवाही गरेको छैन र जनचेतना फैलाउनका लागि कुनै कार्यक्रम पनि आयोजना गरेको छैन  । सरकार यसरी लाचर हुँदा जनता कोरोना लागेर मर्ने दिन आइसक्यो । राजनीतिक दलहरुले जनतासँग भोट लिने र राज्य भनी कर उठाउने काममा व्यस्त छ । आज नेपालमा यत्रो कोरोना फैलदा खै त राजनीतिक दलहरुको जनताको लागि आवाज । के भोटको लागि मात्र जनता प्रयोग हुने गर्छन् हो ।  सरकार कर उठाउने र राजनीतिक दलहरु भोट माग्ने कामबाहेक अरु केही गर्न सक्दैनन् ।

अब सरकारले कोरोना नियन्त्रण गर्न बेलुका ७ बजे पछि पसलहरु बन्द गर्ने भनेर निर्णय गर्न ढिलो भएन । यदि स्वास्थ्य मन्त्रालयले केहि निर्णय गर्न नसक्ने हो भनी दिनँहु रुपमा कोरोना संक्रमित यति भेट्यो भनेर सार्वजनिक गर्ने सूचना पनि जारी गर्न छोडिदिँदा हुन्छ । यदि कोरोना नियन्त्रण गर्नका लागि केही काम गर्न नसक्ने हो भनी कोरोना संक्रमित दिनहुँ यति भेट्यो भनेर जनतालाई त्रास दिने काम चाहिँ किन गर्नुपर्यो नि त ।

प्रतिक्रिया दिनुहोस्