सिंहदरबार गेटकाे सिसिटिभी फुटेज पनि भेटिएन, १६ दिनभन्दा धेरै नरहने रिपाेर्ट



काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने जानकारी दिएकाे छ । छानबिन समितिलाई पत्र पठाउँदै मन्त्रालयले यस्ताे जानकारी दिएकाे हाे ।

जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेकोमा मन्त्रालयले जवाफ पठाउँदै सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो ।

छानबिन समितिका एक जना सदस्यले भने, ‘हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाएपछि हामीले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाएका थियौँ । तर, फुटेज १६ दिनभन्दा धेरै नरहने भनेर भर्खरै जवाफ आएको छ ।’

प्रतिक्रिया दिनुहोस्